NIMB Header 2
Nepal Life

तोलाकै १ लाख ६० हजारनजिक पुग्यो सुनको मूल्य, आज पनि बनायो उच्च मूल्यको रेकर्ड

National Life
  • BFIS News
  • 2024 Sep 24 12:10
तोलाकै १ लाख ६० हजारनजिक पुग्यो सुनको मूल्य, आज पनि बनायो उच्च मूल्यको रेकर्ड
Sanima Reliance

काठमाडौं। नेपाली बजारमा आज पनि सुनले उच्च मूल्यले रेकर्ड बनाएको छ। आज एक तोला सुनको मूल्य १ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ। सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत आइतबार र सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। सोमबार सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

Shikhar
NIMB

आजको मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो।

आज चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला १९ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १९ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया