Nepal Life

नेपाल वेयरहाउजिङ्ग कम्पनीको महाप्रबन्धकमा नरेन्द्र प्रसाद भट्ट, कमोडिटी एक्सचेन्जको लामो अनुभव

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Tue 19:11
नेपाल वेयरहाउजिङ्ग कम्पनीको महाप्रबन्धकमा नरेन्द्र प्रसाद भट्ट, कमोडिटी एक्सचेन्जको लामो अनुभव
Sanima Reliance

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीको महाप्रबन्धकमा नरेन्द्र प्रसाद भट्ट नियुक्त भएका छन् । कमोडिटी एक्सचेन्जका अनुभवी भट्टलाई कम्पनीले महाप्रवन्धकको जिम्मेवारी दिएको हो । 

NIMB

भट्ट कमोडिटी ऐनको मस्यौदा तयार पार्दादेखि नै सक्रिय रुपमा सुझाव पेश गर्ने प्रमुख व्यक्तिका रुपमा थिए । नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्जको लाइसेन्स नदिए पछि उनि नेपाल वेयरहाउजिङ्गको नेतृत्व गर्न पुगेका हुन् । ऐन आए सँगै सञ्चालनरत एक्सचेन्जहरुलाई सरकारले बन्द गरे पछि यस क्षेत्रलाई सरकारले अझै पनि अगाडी बढाउन सकेको छैन ।

यस्ता वेयरहाउजिङ पनि कमोडिटी बजारका लागि प्रमुख क्षेत्र पर्दछ । यस्ता वेयरहाउजिङ्गमा स्टोर भएका बस्तुहरुलाई नै कमोडिटी एक्सचेन्जले कारोबार गराउने भएकाले भोलिका दिनमा एक्सचेन्ज आएका खण्डमा पनि यस क्षेत्रको अनुभवले उनको करिअरमा थप टेवा पुर्याउनेछ । 

नेपाल वेयर हाउजिङ्गले गएको वर्ष सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको थियो । यस कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, नेपाल इन्फ्रास्टक्चर बैंक, एनएमबि बैंक र आइएमई जनरल इन्स्योरेन्स प्रमुख लगानीकर्ता रहेका छन्।

कम्पनीले देशका तीन स्थान सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित आधुनिक खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषि वस्तु सङ्कलक, खाद्यान्न प्रशोधनकर्ता, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले हालसम्म तीन वटा जिल्लाहरूमा ५५ हजार मट्रीक टनको वेयर हाउस निर्माण गरेको छ ।

तत्कालिन अवस्थामा कम्पनीले सञ्चालन मुनाफा ऋणात्मक छ । उनका लागि सबैभन्दा ठुलो चुनौती यस्तो ऋणात्मक मुनाफालाई सकारात्मक बनाउनु पर्नेछ । नेपालमा अझै पनि वेयरहाउजिङ्गमा आफ्ना उत्पादनहरु सुरक्षित राख्ने र बजारमा अभाव भएको समयमा बिक्री गर्ने परिपाटी कम छ । यदि कम्पनीले आफ्नो सेवालाई जनमानसमा प्रचार गर्ने हो र क्षमता बढाउने हो भने नेपालको अर्थतन्त्रमै ठुलो योगदान पुर्याउने निश्चित छ । 

नेपालमा सिजनल उत्पादन धेरै हुन्छ । जतिवेला उक्त वस्तुले खासै बजार भाउ पाउन सक्दैनन । जव सिजन सकिन्छ त्यस पछि त्यस्ता वस्तु विदेशबाट आयात गर्नु पर्ने बाध्यता बन्दछ । यदि यस्ता वेयरहाउजिङ्गले सिजनमा अत्याधिक मात्रामा उत्पादन भएका बस्तुलाई सुरक्षित गर्ने हो भने बजार भाउलाई सन्तुलन गर्न ठुलो मद्दत पुग्छ । यदि मुलुकमा यस्ता वेयरहाउजिङ्गको बढि भन्दा बढि मात्रामा विकास हुने हो भने स्वदेशी उत्पादनलाई कमोडिटी बजारमा कारोबार गराउन सकिन्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया