Nepal Life

स्थानीय तह उपनिर्वाचनका लागि आयोगद्वारा दल दर्ता आह्वान

NMB Bank
  • BFIS News
  • 2024 Sep 25 10:45
स्थानीय तह उपनिर्वाचनका लागि आयोगद्वारा दल दर्ता आह्वान
United Ajod

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ। निर्वाचन आयोगले आज सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो।

Shikhar
Nepal Life
NIMB

निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा  ४ अनुसार दल दर्ता आह्वान गरेको बताएको छ।

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यसूची छ। स्थानीय तहमा ४३ पद रिक्त छ।

दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया