Nepal Life

महंगो सुन : नयाँ रेकर्ड बनाउँदै तोलामै १ लाख ६० हजार माथि पुग्यो मूल्य

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Wed 10:54
महंगो सुन : नयाँ रेकर्ड बनाउँदै तोलामै १ लाख ६० हजार माथि पुग्यो मूल्य
Sanima Reliance

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनले उच्च मूल्यको कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ। जुन मूल्य अहिलेसम्मकै उच्च हो।

NIMB

अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको थियो । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो।

आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो।

 

 

 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया