Nepal Life

लगातार ५३० अंकको गिरावट पछि थामियो शेयर बजार, कारोबारले भने साथ दिन बाँकी

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Wed 15:11
लगातार ५३० अंकको गिरावट पछि थामियो शेयर बजार, कारोबारले भने साथ दिन बाँकी
Sanima Reliance

काठमाडौं । विगत एक महिना १० दिनदेखि लगातार घटिरहेको शेयर बजार बुधबार भने केहि हदसम्म थामिएको छ । हिजो मंगलबारसम्ममा नेप्से सूचक अधिकतम ३००० हजारबाट २४७० अंकसम्म तल झर्यो । यस अवधिमा नेप्से सूचक ५३० अंकले घटिसकेको छ ।

NIMB

बजार घटेको विषयलाई लिएर अर्थमन्त्री स्वयं नेपाल स्टक एक्सचेन्जसम्म पुगे । लगानीकर्ताका विभिन्न संघ संघठनले विभिन्न किसिमले प्रेश विज्ञप्ती समेत जारी गरिरहेका छन् । लगातार एक हजारले बढ्दा चलखेल भयो भन्न नसक्ने लगानीकर्ताहरु ५०० अंकले घट्दा चलखेल भयो समेत भन्न भ्याइसकेका छन् ।

बुधबार नेप्से सूचक ४९.१८ अंकले सुधार भयो । नेप्से सूचक सुधार भए पनि कारोबार रकम भने ४ अर्ब ८१ करोडमा सिमित भएको छ । दैनिक ३० अर्बसम्म कारोबार हुन थालिसकेको बजारमा ४/५ अर्बको कारोबारले बजारमा अझै मुभमेन्टम आउन बाँकी रहेको संकेत गरेको छ ।

आज २२३ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा १८ वटाको मूल्यमा भने गिरावट आएको छ । लगातारको गिरावट सँगै लगानीकर्ताहरु कहिलेदेखि खरिद गर्ने भन्दै हस्चिएका छन् । प्राय सबै दिन घटिरहेको छ । अव थामियो भन्दा नभन्दै झन् तल झर्ने ट्रेण्डले पनि लगानीकर्ता हच्किएका छन् । शेयर बजार यति अंकले घट्छ वा बढ्छ भनेर कसैले पनि अनुमान गर्न सक्दैनन् । विश्वका मै हुँ भन्ने लगानीकर्ताहरु पनि नमज्जाले फसेका कयौ उदाहरण छन् । यसले गर्दा बजारको वास्तविक चित्रण नदेखि लगानीकर्ताहरु लगानी गर्न तम्चिने देखिदैन । आज होटल तथा फाइनान्समा सबैभन्दा धेरै सुधार देखिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया