Nepal Life

मोटर र सम्पत्ती बीमामा आएको सुधार सँग निर्जीवन बीमा व्यवसाय १० प्रतिशतले बढ्यो, २ महिनामा ७ अर्ब ८५ करोड

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Wed 16:07
मोटर र सम्पत्ती बीमामा आएको सुधार सँग निर्जीवन बीमा व्यवसाय १० प्रतिशतले बढ्यो, २ महिनामा ७ अर्ब ८५ करोड
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क आर्जन चालु आर्थिक वर्षको भदौ महिनासम्ममा गत वर्षको भन्दा सामान्य सुधार गरेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिनामा ७ अर्ब ८५ करोड संकलन गरेका हुन् । गत वर्षको यहि अवधिमा ७ अर्ब ८ करोड थियो । यस अवधिमा ७७ करोडको सुधार देखिएको हो ।  

NIMB

१४ वटा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ७४ करोड रुपैयाँ संकलन गर्दा लघु निर्जीवन बीमा कम्पनीको व्यवसाय भने ११ करोड ३ लाख रुपैयाँ मात्रै छ । 

भदौ एक महिनामा मात्रै हेर्ने हो भने ३ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेका छन् । गएको वर्षको भदौ एक महिनामा मात्रै हेर्ने हो भने ३ अर्ब ९ करोड थियो । यस वर्ष मोटर बीमामा केहि सुधार देखिएको छ । गएको भदौमा एक अर्ब ९० करोड रुपैयाँ बीमा शुल्क आर्जन भएकोमा यस वर्ष २ अर्ब २० करोड रुपैयाँ संकलन गरेका छन् । यस वर्ष गाडीको आयात पनि बढेको छ । जसले गर्दा कम्पनीहरुको व्यवसायमा पनि सुधार देखिएको हो । यस वर्ष सम्पत्ती बीमामा पनि सुधार देखिएको छ । गएको वर्ष सम्पत्ती बीमा मार्फत कम्पनीहरुले एक अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा यस वर्ष २ अर्ब ३३ करोड पुगेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया