Nepal Life

शिखर इन्स्योरेन्सले गर्यो काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबलाई सम्मान

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Wed 17:39
शिखर इन्स्योरेन्सले गर्यो काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबलाई सम्मान
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले मंगलबार काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबलाई नगदसहित सम्मान गरेको छ।

NIMB

माल्दिभ्समा भएको प्रतियोगिताको उपाधि जितेर पुलिस टोली सोमबार स्वदेश फर्किएको छ । कम्पनीले च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक, अफिसियललाई गरी १६ जनालाई जनही ५० हजार १ रुपैयाँ सहित सम्मान गरेको हो । 

साथै सम्पूर्ण खेलाडीको २ लाख बराबरको हेल्थ इन्स्योरेन्ससमेत गरिदिने शिखर इन्स्योरेन्सले जनाएको छ। च्याम्पियनसिपमा विधागत उत्कृष्ट भएवापत तीन खेलाडीलाई थप ५०-५० हजार प्रदान गरिएको थियो।

उषा भण्डारी मोस्ट भ्यालुएबल प्लेयर र उत्कृष्ट आउटसाइड हिटर बनेकी थिइन् । उनले थप एक लाख पाइन् । उत्कृष्ट मिडल ब्लकर सुमित्रा रेग्मी र उत्कृष्ट लिबेरो शान्तिकला तामाङले थप ५०-५० हजार पाएका थिए।

मुख्य प्रशिक्षक रुपेश विष्ट र सहायक प्रशिक्षक सुशीला थापाले पनि ५० हजारसहित सम्मान थापेका छन् । च्याम्पियन खेलाडीलाई शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल, सीईओ दीपप्रकाश पाण्डेलगायतले सम्मान प्रदान गरेका थिए। सीईओ पाण्डेले यो सम्मानको सुरुआतमात्र भएको र यसले नेपाली भलिबललाई थोरै भए पनि सहयोग हुने विश्वास व्यक्त गरेका थिए ।

माल्दिभ्सको मालेमा शनिबार सम्पन्न च्याम्पियनसिपको फाइनलमा अपराजित रहेको पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया