Nepal Life

एक कित्ताकै ५० हजार पर्ने युनिलिभर नेपालले घोषणा गर्यो अहिलेसम्मकै सर्वाधिक लाभांश, १७१४ प्रतिशत नगद दिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Wed 18:23
एक कित्ताकै ५० हजार पर्ने युनिलिभर नेपालले घोषणा गर्यो अहिलेसम्मकै सर्वाधिक लाभांश, १७१४ प्रतिशत नगद दिने
Sanima Reliance

काठमाडौं । दोस्रो बजारको सबैभन्दा महंगो कम्पनी युनिलिभरले अहिलेसम्मकै सर्वाधिक धेरै लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १७१४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । 

NIMB

दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रति कित्ता ५० हजार रुपैयाँ भन्दा माथि छ । चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ मात्रै छ । पूँजी एकदमै थोरै र प्रतिफल एकदमै आकर्षक भएकै कारण कम्पनीको शेयर मूल्य सधै सर्वाधिक रहदै आएको छ । 

कम्पनीले लाभांश प्रयोजनार्थ असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र लाभांश हात पार्न सक्नेछन् । आर्थिक वर्ष २०७९-८० मा यसले कर सहित प्रतिकित्ता १५ सय ८० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । कम्पनीले कार्तिक दोस्रो सातामा वार्षिक साधारणसभा गर्ने तयारी गरेको छ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् ।


 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया