Nepal Life

सुनको उच्च मूल्यको उडान जारी, आज कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 Sep 26 11:11
सुनको उच्च मूल्यको उडान जारी, आज कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ बढी हो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया