Nepal Life

विप्रेषण आप्रवाह १८ प्रतिशतले बढ्यो, एक महिनामै भित्रियो एक खर्ब ३६ अर्ब

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Thu 13:35
विप्रेषण आप्रवाह १८ प्रतिशतले बढ्यो, एक महिनामै भित्रियो एक खर्ब ३६ अर्ब
Sanima Reliance

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीहरुले पठाउने विप्रेषण आप्रवाह १८ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामै एक खर्ब ३६ अर्ब रुपैयाँ भित्रिएको छ । 

NIMB

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६,९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२,६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९,१५२ र १६,४२३ रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१४८ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १२८ अर्ब २१ करोड रहेको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया