NIMB Header 2
Nepal Life

नेपाल बैंक र दराजबीच सामान खरिदमा ग्राहकलाई छुट दिने सेवासम्बन्धी सम्झौता

National Life
  • BFIS News
  • 2024 Sep 26 15:22
नेपाल बैंक र दराजबीच सामान खरिदमा ग्राहकलाई छुट दिने सेवासम्बन्धी सम्झौता
Sanima Reliance

काठमाडौं। नेपाल बैंक र अनलाइन इ कमर्स प्लेटफर्म दराज केयमुबीच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाइन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ।

नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसँग साझेदारीलाई निरन्तरता दिएको छ।

Shikhar
NIMB

बैंकका निक्षेपकर्ताहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १० प्रतिशत वा अधिकतम १ हजार पाँच सय रूपैयाँसम्म छुट हुने र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजार रूपैयाँ बराबरको छुट प्राप्त गर्न सक्नेछन्।

छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरूमा सम्पर्क गरी ग्राहकहरूले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ।

यो योजना असोज ११ गतेदेखि २१ सम्म लागू हुने बैंकको भनाइ छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया