Nepal Life

स्मार्ट च्वाइस टेक्नोलोजिको सिइओमा घिमिरे नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Sep 26 15:40
स्मार्ट च्वाइस टेक्नोलोजिको सिइओमा घिमिरे नियुक्त
United Ajod

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मनोज घिमिरे नियुक्त भएका छन् । घिमिरेले बिहीबारमात्रै कम्पनीका अध्यक्ष रविनकुमार नेपालसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

बैंक अफ एसिया (हालको एनआइसी एसिया बैंक) बाट आफ्नो बैकिङ करिअर सुरु गरेका घिमिरे यसभन्दा अघि लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्ड सर्भिसको रूपमा कार्यरत थिए ।

Shikhar
Nepal Life
NIMB

बैंकिङ तथा डिजिटल भुक्तानी (कार्ड, क्युआर मोबाइल बैंकिङ) इत्यादिमा १५ वर्षभन्दा लामो अनुभव भएका घिमिरेको कार्यदक्षता, अनुभव र लगनशीलताले कम्पनीलाई अझै उचाइमा लैजाने विश्वास लिएको कम्पनीका अध्यक्ष नेपालले बताए।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्युआर, मोबाइल बैंकिङ र अन्तर बैंक भुक्तानीका सेवाहरू प्रदान गर्दै आइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया