Nepal Life

हिमालयन लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा, न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ८६ सम्म दिइने

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Fri 08:18
हिमालयन लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा,  न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ८६ सम्म दिइने
Sanima Reliance

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम १८ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ।
 
कम्पनीले सावधिक बीमालेख (GEP-END, GEP-PO, PLPP, PLSJB, PLSLP,PSB & PSW) ९ वर्षे अवधिका लागि २७ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ६४ रुपैयाँ बोनस दर कायम गरेको छ।  

NIMB

यस्तै सावधिक तथा आजीवन बीमालेख (पीजेएस)अन्तर्गत ९ वर्षे अवधिका लागि ३६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७५ रुपैयाँ बोनस दर कायम गरेको छ बोनस दर निर्धारण गरेको छ।  

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि कुनै पनि दर तोकेको छैन, १० देखि १४ वर्ष अवधिका लागि ५६ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६४ रुपैयाँ, २० देखि २४ वर्षका लागि ७१ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ८६ रुपैयाँ बोनस दर कायम गरेको ।

जीवन उपहार(अग्रिम भुक्तानी) बीमालेख अन्तर्गत १६ वर्षे अवधि सम्मका लागि ४८ र जीवन उपहार(सावधिक) बीमालेख अन्तर्गत १५ वर्षे अवधिका लागि ३२ रुपैयाँ बोनसदर तोकिएको छ ।  

सावधिक जीवन बीमालेख अन्तर्गत (११,१४,१६,१७,१८,१९,२० र २१)९ वर्षे अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४९ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७६ रुपैयाँ बोनस दर कायम भएको छ ।  

कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत(१३) ९ वर्षे अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४८ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७३ रुपैयाँ बोनस दर कायम गरेको छ।  

यस्तै अग्रिम भुक्तानी सावधिक(१०,१२ र १५) बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ र २० देखि २४ वर्षका लागि ४६ रुपैयाँ निर्धारण गरिएको छ ।  

वार्षिक नगद फिर्ता बीमालेख अन्तर्गत(२३ र २४) कम्पनीले १४ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३८ रुपैयाँ र २० देखि २४ वर्षका लागि ४१ रुपैयाँ कायम गरेको छ ।  

सुरक्षित भविष्य जीवन बीमा(२८) अन्तर्गत १४ वर्षे अवधिका लागि १८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २३ रुपैयाँ, २० देखि २४ वर्षका लागि २९ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ३५ रुपैयाँ निर्धारण गरिएको छ ।  

सुरक्षित भविष्य जीवन बीमा(२८) योजना अन्तर्गत १४ वर्षे अवधिका लागि १८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २३ रुपैयाँ, २० देखि २४ वर्षका लागि २९ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ३५ रुपैयाँ निर्धारण गरिएको छ ।  

यसैगरी कम्पनीले ३० वर्ष जीवन रक्षक बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र वा सो भन्दा माथिका लागि ७० रुपैयाँ निर्धारण गरिएको छ ।  

सावधिक तथा बालबच्च सावधिक बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३६ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३९ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४२ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७५ रुपैयाँ निर्धारण गरिएको छ ।  

सीमित भुक्तानी जीवन बीमा योजना(एकल) अन्तर्गत १० देखि १४ वर्षे अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३२ रुपैयाँ, २० र २४ वर्षका लागि ३५ रुपैयाँ र२५ र सो भन्दा माथिका लागि ४५ रुपैयाँ  कायम गरिएको छ ।  

सीमित  भुक्तानी(सावधिक) जीवन बीमा योजना अन्तर्गत १० देखि १४ वर्षे अवधिका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० र २४ वर्षका लागि ४३ रुपैयाँ र२५ र सो भन्दा माथिका लागि ७५ रुपैयाँ  कायम गरिएको छ ।    

सावधिक तथा आजीवन बीमालेख योजना ९ वर्षे अवधिका लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७४ रुपैयाँ कायम भएको छ ।  

सीमित भुक्तानी सावधिक तथा आजीवन बीमालेख अन्र्तगत सबै अवधिका लागि ५० रुपैयाँ कायम गरिएको छ । वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना अन्तर्गत ९ वर्षे अवधिका लागि २४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ३३ रुपैयाँ निर्धारण भएको छ ।  

अग्रिम भुक्तानी तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि २४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि २४ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ३० रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ४१ रुपैयाँ तोकिएको छ ।  

जीवन आधार जीवन बीमा योजना अन्तर्गत सबै अवधिका लागि ५० रुपैयाँ, जीवन सम्पन्न बीमा योजना अन्तर्गत सबै अवधिका लागि ५३ रुपैयाँ,जीवन उत्थान बीमा योजना अन्तर्गत सबै अवधिक लागि ४० रुपैयाँ र जीवन आवरण बीमा योजना अन्तर्गत सबै अवधिका लागि ४३ रुपैयाँ निर्धारण गरिएको छ ।  

यस्तै बालबच्चा सावधिक जीवन बीमा योजना अन्तर्गत ९ वर्षे अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३६ रुपैयाँ र १५ देखि १९ वर्षका लागि ३९ रुपैयाँ तोकिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया