Nepal Life

जीवन बीमा कम्पनीले दुई महिनामा भित्र्याए ५ अर्ब १२ करोडको प्रथम बीमा शुल्क, कुन कम्पनीको कति ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Fri 14:37
जीवन बीमा कम्पनीले दुई महिनामा भित्र्याए ५ अर्ब १२ करोडको प्रथम बीमा शुल्क, कुन कम्पनीको कति ?
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिनामा ५ अर्ब १२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले गत वर्षको तुलनामा यस वर्ष १८ प्रतिशतले बढाउन सफल भएका छन् । यस वर्ष जीवन बीमा कम्पनीहरुले दुई महिनामा वैदेशिक रोगगार बीमा लेख तर्फ भने ४९ करोड २६ लाख रुपैयाँ आर्जन गरेका छन् ।

NIMB

यस वर्ष नविकरण बीमा शुल्क हेर्ने हो भने २४ अर्ब ४६ करोड रुपैयाँ संकलन गरेका छन् । कुल तर्फ भने ३० अर्ब रहेको छ । गत वर्षको दुई महिनामा कम्पनीहरुले कुल २९ अर्ब १२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । नविकरण भने २४ अर्ब ७९ करोड थियो ।

यस वर्ष जीवन बीमा कम्पनीहरु तर्फ सर्वाधिक बृद्धिदर राष्ट्रिय जीवन बीमा कम्पनीको रहेको छ । कम्पनीले यस वर्ष ३२८ प्रतिशतले नविकरण बीमा शुल्क बृद्धि गरेका छन् ।

नेपाल लाइफले दुई महिनामा मात्रै एक अर्ब २८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको र समग्र जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्कको बृद्धिदर उहि १८ प्रतिशत नै छ । त्यस्तै नेशनल लाइफले पनि यस वर्ष ३३ प्रतिशतले बृद्धि गर्दै ७४ करोड ३७ लाख रुपैयाँ व्यवसाय भित्र्याएको छ । जीवन बीमा कम्पनीहरुका लागि सधै प्रथम बीमा शुल्क आर्जनलाई विशेष महत्वका साथ हेरिन्छ । एक पटक व्यवसाय भित्र्याए पछि त्यसले आगामी वर्षको नविकरण बीमा शुल्क आर्जनमा टेवा पुर्याउछ । सबैभन्दा धेरै प्रथम बीमा शुल्क भित्र्याउने तेस्रो नम्बरमा हिमालयन लाइफ पर्छ । कम्पनीले ४४ करोड ७६ लाख रुपैयाँ व्यवसाय भित्र्याएको छ ।

बृद्धिदरका हिसावले सबैभन्दा धेरै रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको भने ३२ करोड ९५ लाख रुपैयाँ छ । कम्पनीले सरकारी कर्मचारीको जीवन बीमा मार्फत यतिका धेरै व्यवसाय बृद्धि गर्न सफल भएको हो । प्राय साउन भदौ महिनामा संस्थाले यस्तो व्यवसाय भित्र्याउने गर्छ । बृद्धिदरका हिसावले सबैभन्दा कम सन नेपाल लाइफ र आइएमई लाइफ रहेका छन् । दुबैको बृद्धिदर ऋणात्मक छ । यस पटक सन नेपाल लाइफको व्यवसायमा वैदेशिक रोजगार बीमाले असर पुर्याएको हो । त्यसमा पनि यो बीमा पुलमा गइसकेको छ भने प्राधिकरणले वैदेशिक रोजगारलाई प्रथममा नजोडी छुट्टै हिसावले तथ्याङ्क प्रस्तुत गर्न थालेको छ । यसले गर्दा पनि घटेको देखिएको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया