Nepal Life

देशभर बाढी-पहिरोको कहर, अधिकाम्स राजमार्ग अवरुद्ध, उद्धारका लागि सशस्त्र प्रहरी बल खटियो

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sat 13:04
देशभर बाढी-पहिरोको कहर, अधिकाम्स राजमार्ग अवरुद्ध, उद्धारका लागि सशस्त्र प्रहरी बल खटियो
Shikhar detail

काठमाडौं । लगातार दुई दिनदेखिको अविरल वर्षाका कारण देशभर बाढी पहिरोले ठुलो धनजनको क्षति भइरहेको छ । काठमाडौं उपत्यका भित्रका अधिकाम्स क्षेत्र डुवानमा परेको छ । 

NIMB

बर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परी १४ जनाको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएको प्रहरीले जनाएको छ । यो संख्या बढ्दो क्रममा छ । पालका विभिन्न जिल्लामा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६ सय ३० जनशक्ति परिचालन भएका छन् ।

१ सय ६२ स्थानहरुमा भौतिक क्षति भएको छ । सुरक्षा फौजले ७ सय ६० जनाको सकुशल उद्धार गरेको जनाएको छ । पाँचथरको विभिन्न ठाउँहरुमा २ जनाको मृत्यु, १ ठाउँमा भौतिक क्षति भएको छ । सो स्थानमा उद्धारका लागि १० जना सुरक्षा फौज खटिएका छन् । यसैगरी ओखलढुङ्गामा पनि एक स्थानमा भौतिक क्षति भएको छ ।

धनकुटामा पहिरोका कारण २ जना वेपत्ता, २ जनाको मृत्यु र एक स्थानमा भौतिक क्षति भएको छ । उद्धारका लागि १३ जनाको सुरक्षा फौज खटिएको छ ।

यसैगरी झापा जिल्लाका विभिन्न ठाउँमा डुवानमा परी ७७ स्थानहरुमा भौतिक क्षति, १ जनाको मृत्यु भएको छ । ४३ जनाको सुरक्षा फौजले ३ सय २५ जनाको सकुशल उद्धार गरेको जनाएको छ । 

मोरङका विभिन्न ठाउँहरुमा डुवानमा परि ५८ स्थानहरुमा भौतिक क्षति भएको छ । २३ जनाको सुरक्षाकर्मीले एकसय ७६ जनाको सकुशल उद्धार गरेको जनाएको छ । यसैगरी रौतहटका १० स्थान डुवानमा परी भौतिक क्षति भएको छ । उद्धारका लागि १५ जना सुरक्षा फौज परिचालन गरिएको छ । सशस्त्र प्रहरी कार्यालयले दिएको जानकारी अनुसार धादिङमा खोलाले बगाई एक जना वेपत्ता भएका छन् । एक जनाको मृत्यु भएको छ । २ जनाको सकुशल उद्धार गरिएको छ । यसैगरी गोरखामा उद्धारका लागि २५ जना सुरक्षा टोली परिचालन गरिएको छ । 

सिन्धुलि जिल्लामा आएको बाढिले ५ स्थानहरुमा भौतिक क्षति भएको छ । ११ जनाको सुरक्षा फौज परिचालन भई ३३ जनाको सकुशल उद्धार गरेको छ । यसैगरी काभ्रे जिल्लामा आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ । ७ स्थानमा भौतिक क्षति भएको छ । उद्धारका लागि १५ जना सुरक्षाकर्मी परिचालित भएका छन् ।

यसैगरी काठमाडौं जिल्लाका विभिन्न स्थानहरुमा आएको बाढिका कारण एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । १ हजार ४ चार ७४ जना सुरक्षाकर्मी उद्धारमा परिचालित छन् ।  २ सय २४ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ । यसैगरी ललितपुर जिल्लाका विभिन्न ठाउँहरुमा आएको पहिरोले १ जनाको मृत्यु भएको छ ।

ललितपुरमा ६ जना बेपत्ता भएका छन् । २ स्थानहरुमा भौतिक क्षति भएको प्रहरीको भनाइ छ । उपत्यकाको ३ वटै जिल्लामा मोटरबोटसहितको सशस्त्र प्रहरी बल नेपालको टोली उद्धारमा परिचालित रहेको सशस्त्र प्रहरीले जनाएको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया