बाढीपहिरोका कारण काभ्रेमा ६ जनाको मृत्यु, १४ जना बेपत्ता
- BFIS News
- 2024 Sep 28 13:52
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु भएको छ । अरू १४ जना बेपत्ता रहेका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परेर हालसम्म ६ जनाको मृत्यु भएको छ ।
मृत्युु हुनेमा १ जना महिला, २ जना पुरुष , २ जना बालक र १ जना बालिका गरेर ६ जना रहेका छ्न् । त्यस्तै, बाढी पहिरोमा परेर जिल्लाका विभिन्न स्थानका १४ जना बेपत्ता भएको र १३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया