Nepal Life

बाढीबाट क्षति पुर्याएको सम्पत्तीको तत्काल दाबी गर्न बीमितलाई सलिकोको आह्वान

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 16:30
बाढीबाट क्षति पुर्याएको सम्पत्तीको तत्काल दाबी गर्न बीमितलाई सलिकोको आह्वान
Shikhar detail

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी 'सलिको'ले अवरल वर्षाका कारण क्षति पुर्याएको सम्पत्तीको तत्काल दाबी भुक्तानी प्रकृयाँ अगाडी बढाउन बीमितहरुलाई आह्वान गरेको छ । 

NIMB

सलिकोले आफ्नो कम्पनीबाट बीमा गराएका बाढी पिडितहरुलाई तत्काल सम्पर्क गर्न अनुरोध गरेको हो । कम्पनीले यसका लागि करुणादेवी मानन्धर, सचिन मल्ल र रामपुकार चौधरीलाई सम्पर्क व्यक्तिका रुपमा चयन गरेको छ । बीमितले तत्काल उनिहरुलाई सम्पर्क गरी आफ्नो क्षतिको विवरण टिपाउन सक्ने छन् । 

कम्पनीले बाढी पहिरोका कारण ज्यान गुमाउने प्रति हार्दिक समवेदन प्रकट गरेको छ । विषम परिस्थितिमा बीमितलाई राहात पुगोस भनेर कम्पनीले दाबी भुक्तानीलाई सहज र सरल बनाउने नीति लिएको छ । कम्पनीले हरेक प्राकृतिक प्रकोपमा अग्र स्थानमा रहेर दाबी भुक्तानीलाई प्राथमिकता दिदै आएको छ । 

वि.स. २०७२ सालको विनाशकारी भुकम्पमा देशभर ठूलो धनजनको क्षति हुन पुगेको थियो । सो अवस्थामा सगरमाथा इन्स्योरेन्स कम्पनीलाई सबैभन्दा बढी संख्यामा दाबी परेको थियो । कम्पनीले आफूलाई परेको १ अर्ब ९३ करोड बराबरको दाबी–भुक्तानी सहजै फछ्र्योट गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए । सो दाबी–भुक्तानी पश्चात कम्पनीले बीमित समक्ष आफ्नो विश्वासमा थप वृद्धि हनु पुगेको उनि बताउछन् । 

वि.स. २०७२ सालको विनाशकारी भुकम्पमा देशभर ठूलो धनजनको क्षति हुन पुगेको थियो । सो अवस्थामा सगरमाथा इन्स्योरेन्स कम्पनीलाई सबैभन्दा बढी संख्यामा दाबी परेको थियो । कम्पनीले आफूलाई परेको १ अर्ब ९३ करोड बराबरको दाबी–भुक्तानी सहजै फछ्र्योट गर्न सफल भयो । सो दाबी–भुक्तानी पश्चात कम्पनीले बीमित समक्ष आफ्नो विश्वासमा थप वृद्धि हनु पुगेको दाबी गरेको छ । यि यस्तै अनुभवका कारण कम्पनी जस्तो सुकै चुनौतीको पनि सामना गर्न सक्षम रहेको छ । 

‘भीआईपी अन द स्पट’

कम्पनीले हाल संचालनमा रहेको ‘भीआईपी अन द स्पट’ (भेकल इन्स्योरेन्स पोलिसी) कार्यक्रमलाई अझ सशक्त बनाएको छ ।भीआईपी अन द स्पट, (भेकल इन्स्योरेन्स पोलिसी) सवारीमा लागू हुने बीमा पोलिसी हो । कम्पनीले अन्र्तराष्ट्रिय दाबी–भुक्तानीको अभ्यासलाई आत्मसाथ गर्दै भिआई अन स्पट मार्फत तत्काल दाबी–भुक्तानीको अभ्यास गर्दै आएको छ । दुर्घटनाको खबर पाउन साथ कम्पनीले तत्कालै छिटो–छरितो बीमा सेवा दिन ‘भिआईपि अन द स्पट’ पोलिसी थप सहयोगी हुने जनाएको छ । अहिलेको विषम परिस्थितिमा पनि कम्पनीले यहि मोडालिटीलाई अगाडी सारेको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया