Nepal Life

बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता

NMB Bank
  • BFIS News
  • 2024 Sep 29 20:20
बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता
United Ajod

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छभने ५५ जना बेपत्ता भएका छन्। विपद्मा परी एक सय एक जना घाइते भएका छन्। 

Shikhar
Nepal Life
NIMB

बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौँमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोक छ, सोलुखुम्बु पाँचथर र भक्तपुरमा पाँच÷पाँच जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ । 

उहाँकानुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा दुर्ई, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एकजनाको मृत्यु भएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । यसैगरी बाढीपहिराले तीन सय २२ वटा घरमा क्षति र १६ पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया