Nepal Life

माण्डु हाइड्रोपावरको साधारण सभा आज, लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिने

NMB Bank
  • BFIS News
  • 2024 Sep 30 08:17
माण्डु हाइड्रोपावरको साधारण सभा आज, लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिने
National Life

काठमाडौं। माण्डु हाइड्रोपावरको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। कम्पनीको १३ औं वार्षिक साधारण सभा बिहान १० बजेदेखि काठमाडौंको नयाँ बजारमा रहेको नेपा बैंक्वेटमा सुरु हुनेछ ।  

सभामा  आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shikhar
NIMB

यस्तै आव २०८०/८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरिक्षकको प्रतिवेदन, २०८१ असार मसान्तसम्मको वासलात र आव २०८०/८१ को आयव्यय विवरण र सोही अवधिको नगद प्रवाह लगायत वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को कारोवारको हिसाब लेखापरीक्षण गर्नका निमित्त लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

यसैगरी सभामा कम्पनीको कायम चुक्तापूँजीलाई कम्पनी रजिष्टर्ड कार्यालयमा अध्यावधिक गर्ने निर्णय समेत पारित हुनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते बुक क्लोज गरेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया