मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना, बेस रेटमा थप ०.२५ प्रतिशत ब्याज
- BFIS News
- 2026 Sep 18 12:36
काठमाडौं, असोज २। मुक्तिनाथ विकास बैंकले ‘नेपाल बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०२६’ तथा नेपालीहरूको प्रमुख चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै ग्राहकका लागि विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकले बेस रेटमा थप ०.२५ प्रतिशत मात्र ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
योजनाअनुसार घरजग्गाको मूल्याङ्कनको अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ। पहिलो घर कर्जाको हकमा भने मूल्याङ्कनको अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सकिनेछ।
चाडपर्वको अवसरमा आफ्नै घर बनाउने वा खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गरी योजना ल्याइएको बैंकले जनाएको छ। बैंकका अनुसार प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले विशेष घर कर्जा योजना सञ्चालनमा ल्याइएको हो।
यो योजना २०८३ साल कार्तिक मसान्तसम्म लागू हुनेछ। त्यसपछि बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जा शर्तहरू लागू हुने बैंकले स्पष्ट पारेको छ।
बैंकले विशेष घर कर्जा योजना देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ। इच्छुक ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी योजनाका साथै कर्जा प्रक्रियासम्बन्धी थप जानकारी लिन सक्नेछन्।
मुक्तिनाथ विकास बैंकले घर कर्जासँगै अटो लोन तथा कृषि एवं एसएमई व्यवसाय कर्जाका विशेष योजनासमेत सञ्चालनमा ल्याएको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)






.jpeg)




प्रतिक्रिया