काठमाडौंमा घरजग्गा कारोबार १५६ प्रतिशतले बढ्यो
- BFIS News
- 2026 Sep 15 13:26
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा देशभर घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कारोबार संख्यामा १२.२५ प्रतिशत वृद्धि हुँदा प्रमुख महानगरपालिकामध्ये काठमाडौंमा सबैभन्दा तीव्र विस्तार भएको छ।
काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबारको संख्या १५५.७४ प्रतिशतले बढेको छ। ललितपुर महानगरपालिकामा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगञ्जमा २९.१९ प्रतिशतले कारोबार बढेको तथ्यांकले देखाएको छ।
कारोबार भएको क्षेत्रफलका हिसाबले पनि काठमाडौं महानगरपालिका अगाडि रहेको छ। समीक्षा अवधिमा काठमाडौंमा कारोबार भएको घरजग्गाको कुल क्षेत्रफल २०८.२२ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, कारोबारको कुल मूल्य २१७.४० प्रतिशतले बढेको छ।
उपमहानगरपालिकातर्फ धनगढीमा घरजग्गा कारोबारको संख्या ७३.१६ प्रतिशतले बढेको छ। कारोबार भएको क्षेत्रफल वृद्धिमा हेटौंडा अगाडि देखिएको छ। हेटौंडामा कारोबार क्षेत्रफल १०४.१६ प्रतिशतले बढेको छ भने कुल कारोबार मूल्य १८६.८० प्रतिशतले वृद्धि भएको छ।
देशभरको समग्र तथ्यांकमा पनि घरजग्गा बजारमा सुधार देखिएको छ। समीक्षा अवधिमा लिखत पारितको संख्या १२.२८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा लिखत पारितको वृद्धिदरको तुलनामा यसपटक वृद्धि उच्च भएको हो।
यस अवधिमा राजीनामा कारोबार २२.८८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा राजीनामा कारोबार ८.१५ प्रतिशतले मात्र वृद्धि भएको थियो।
त्यस्तै, देशभर कारोबार भएको घरजग्गाको कुल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।
कारोबार संख्या, कारोबार भएको क्षेत्रफल तथा कुल मूल्यमा एकैसाथ वृद्धि देखिएसँगै समीक्षा अवधिमा घरजग्गा बजारको गतिविधि अघिल्लो वर्षको तुलनामा विस्तार भएको तथ्यांकले देखाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)


.jpg)






प्रतिक्रिया