NIMB Header 2
Prabhu Mahalaxmi

नेक्सजेन म्यानेजमेन्टले लाभाशं सहित साधारण सभा बोलायो

United Ajod
  • BFIS News
  • 2024 Sep 30 13:11
नेक्सजेन म्यानेजमेन्टले लाभाशं सहित साधारण सभा बोलायो
IME LIFE

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.ले यहि आश्विन १९ गते साधारण सभा आह्वान गरेको छ। काठमाण्डौको  होटल यलो पगोडामा हुन गईरहेको सातौ बार्षिक साधारण सभामा कम्पनीले नियमितको साथै विशेष प्रस्ताव पास गर्ने जनाएको छ।       

Nepal Life
NIMB

पुर्ब बैकंरहरुले सात बर्ष अगाडि संपति ब्यवस्थापन र सल्लाहका सेवा दिने गरि यो कम्पनी स्थापना गरेका थिए। तर बिबिध कारणले २०८१ बैशाख एक गतेबाट मात्र कंपनिले नियमित कारोबार संचालन गरेको थियो। कम्पनीको शुरु संस्थापकमा बिएन घर्ती,बलराम बिष्ट,रमेश कुमार भट्टराई, श्रीचन्द्र भट्ट,सुरेश सापकोटा,बिनय उपाध्याय र कमल पन्थि थिए।  

कम्पनीले हालै प्रकाशित गरेको सुचना अनुसार आउने साधारण सभामा आ.ब.२०८०/८१ को बित्तिय बिबरण पारित गर्ने, लेखा परिक्षकको नियुक्ति गर्ने र नया संचालक समितिको मनोनयन गर्ने साधारण प्रस्ताव राखेको छ।       

त्यसै गरि विशेष प्रस्ताव अन्तर्गत "नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटि सोलुसन्स प्रा लि" रहने गरि कंपनिको नाम परिवर्तन गर्ने,सोही बमोजिम उद्देश्य र गर्ने काम संशोधन गर्ने, जारि र चुक्ता पुजिं वृद्धि गर्ने तथा  समान प्रकृतिको कंपनि संग मर्जर एक्विजिसन गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा राखेको छ।       

कंपनिले कारोबार प्रारम्भ गरे पछि साना ठुला उधोगपति ब्यवसायिको कंपनि प्रति आकर्षण बढेको थियो। लगानि सम्मेलनमा कोरियन कंपनिले बिदेशि लगानि ल्याउन नेक्सजेन संग समझौता पनि गरेको थियो।          

यसरी कंपनि संचालनको तीन महिनामा पाचँ प्रतिशत लाभाशं दिन सफल भए पछि नेक्सजेन म्यानेजमेन्टले कारोबार बिस्तार गर्ने लक्ष लिएको जनाएको छ।

कंपनिले छिट्टै नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट, प्राईभेट ईक्विटि र भेन्चर क्यापिटल सम्बन्धि कामहरु, सल्लाहकार सेवा र सिमित मात्रामा केही संस्थाको सम्पति ब्यवस्थापन संम्बन्धि काम पनि गर्ने कार्यक्रम बनाएको कंम्पनिका अध्यक्ष रमेश कुमार भट्टराईले जानकारि दिएका छन।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया