Nepal Life

शेयर बजारको मनोविज्ञान : घट्दा चरम निराशा बढ्ने वित्तीकै छिट्टै धेरै कमाउने अभिलासा

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 14:52
शेयर बजारको मनोविज्ञान : घट्दा चरम निराशा बढ्ने वित्तीकै छिट्टै धेरै कमाउने अभिलासा
Sanima Reliance

काठमाडौं । शेयर बजार आम लगानीकर्ताको मास साइकोलोजी हो । जहाँ हजारौ लगानीकर्ताको व्यवहार र आकलनले बजारलाई डोहोर्याउछ । एउटाले घट्छ भनिरहेको समयमा अर्कोले अवसर देखेर खरिद गरिरहेको हुन्छ । यो नै शेयर बजारको सुन्दरता हो ।

NIMB

सामान्य बुझाइ र लहै लहैमा शेयर खरिद बिक्री गर्नेहरुले कि त अकुत कमाउछन् यात टाट पल्टिन्छन् । यो पनि सधैका लागि होइन एक पल्टका लागि मात्रै हो । त्यसैले बजारमा राम्रो सँग प्ले गर्नका लागि बजारका आधारभुत र प्राविधिक पक्षलाई राम्रो सँग बुझेकै हुनु पर्छ ।

तर नेपालको शेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञान अलि फरक छ । सबैमा कमाउनै पर्छ भन्ने सोच हुँदा हुँदै पनि प्रायः बजारमा फसिरहेका हुन्छन् । कमाउने भन्दा फस्नेको जमात ठुलो छ । एउटा पोर्टफेलियोमा राम्रो कमाएकाहरु अर्को पोर्टफेलियोमा नराम्ररी फसेका हुन्छन् ।

सामाजिक सञ्जाल र निश्चित सञ्चार माध्यममा आएका टुटफुट बजार विश्लेषणलाई आधार मानेर आफ्नो मनस्थिति बनाउनेहरुको संख्या कम छैन । बजार घट्ने वित्तीकै सरकारदेखि सरोकारवाला निकायलाई सत्तोसराप गर्ने लगानीकर्ताहरु बजार अलिकति बढ्ने वित्तीकै बजार विश्लेषकको रुपमा चिनिन्छन् । जसलाई ठुला लगानीकर्तादेखि लिएर ब्रोकरहरुले आफुअनुकुल प्रयोग गरिरहेका हुन्छन् । यसरी प्रयोग हुनेमा सञ्चार माध्यम सबैभन्दा धेरै पर्छन् ।

शेयर बजार खेल्ले मैदान हो । यो खरिद बिक्री गर्ने व्यवसायीक प्ल्याटफर्म हो । यो भन्ने वित्तीकै बजारमा खेलाडी हुनु स्वभाविक मानिन्छ । जसले जसरी खेल्छ त्यसले त्यसरी नै प्ले गर्छन् । तर बजारमा खेल्नेले पनि व्यवसायिक रुपमा नखेल्दा समस्या आउने हो ।

त्यस्तैले लगानीकर्ताहरु बृहत बजार मनोविज्ञानको एक हिस्सा हुन् । बजार मनोविज्ञान कुनै पनि समयमा बजारका सक्रिय लगानीकर्ताको व्यवहार र समग्र भावनासँग सन्दर्भित हुन्छ । बजारमा भीड व्यवहार शताब्दीयौंदेखि चलि नै रहेको छ ।

सफलतापूर्वक धितोपत्रको कारोबारको लागी धेरै कौशलहरुको आवश्यकता पर्छ । यसमा कम्पनीका फण्डामेन्टल मूल्याकंन गर्ने र शेयरको बजार मूल्यको प्रवृतिको दिशा (टेक्निकल) निर्धारण गर्ने क्षमता हुनु पर्छ । बजार मनोविज्ञान शक्तिशाली बल हो । यो विशेष आधारहरू वा घटनाहरूद्वारा जायज हुन सक्छ । उदाहरणका लागि, यदि लगानीकर्ताहरुले अचानक अर्थ व्यवस्थाको स्वास्थ्यमा विश्वास गुमाउँछन र स्टक किन्नबाट पछि हट्ने निर्णय गर्दछ भने, बजारको मूल्य नाप्ने परिसूचकहरू ओरालो लाग्छन् । यो अवस्थामा कम्पनीहरूको वित्तीय प्रदर्शनको पर्वाह नगरी शेयरको मूल्य घट्न सक्दछ ।

लोभ, डर, अपेक्षा र परिस्थितिहरू सबै कारक हुन्छन् ।  जसले समग्र बजार मनोविज्ञानमा योगदान पुर्याउछन् । बजारको व्यवहार र यसको परिवर्तनहरू प्रायः जनावरहरूको आत्मासँग जोडेर चिनाईन्छ। त्यसैले बजारका ब्यवहार तथा उतारचढावहरुलाई विभिन्न जनावरको नामले पुकार्ने गरिन्छ ।

विश्लेषकहरुका लागि शेयर किनेर सधैभरी होल्ड गर्दै हरेक दिन मूल्य के भयो भनेर हेर्नु भन्दा लगानी नै नगर्नु उचित हुन्छ । बजारको वास्तविक मूल्याङ्कन गरी अनुमान मात्रै गर्नु विष बराबर हो । बजारमा दीर्घकालिन र अल्पकालिन दुई प्रकारका लगानीकर्ता हुन्छन् । तर असाध्यै उतारचढाव हुने शेयर बजारमा लगानीकर्ताहरु सबैभन्दा धेरै जोखिममा हुन्छन् । नेपालको शेयर बजारमा आम लगानीकर्ताले धेरै नै उतारचढावको अपेक्षा गरेको भान हुन्छ । बजार धेरै बढोस भन्ने मात्रै अपेक्षा गरिदा त्यहि अनुपातमा बजार घट्छ । बजारमा जति धेरै सुधार हुन्छ त्यति नै गिरावट पनि हुन्छ ।

विगतको बजारलाई मूल्याङ्कन गर्यो भने यो नियम प्रमाणित हुन्छ । दुई वर्ष अगाडी शेयर बजार एक वर्षकै अन्तरालमा १५ सय अंक भन्दा माथिले सुधार भयो । सँग सँगै एक वर्षमै १२ सय अंकले घट्यो । यस अवधिमा धेरै लगानीकर्ताहरु फस्न पुगे । यहि कारणले आज पनि शेयर बजार अस्थिर छ । यसो हुनुको प्रमुख कारण नेपालमा दीर्घकालिन लगानीकर्ताको संख्या एकदमै कम छ । अल्पकालिन लगानी गर्न खोज्दा नराम्ररी फेसे पछि घाटामा बिक्री गर्नु भन्दा घाटा सहेरै चुप लागेर बस्नेको जमातको कमि छैन । यसले गर्दा घाटा पाल्ने व्यहार मौलाएको छ । जसलाई लस एभर्सन भनिन्छ । यहि जमातको मनोविज्ञान सबैभन्दा अस्थिर र नकारात्मक छ । यस्तो मनोविज्ञानले शेयर बजार प्रतिको नकारात्मकता बढाउछ ।

शेयर बजारलाई हेर्ने एक तरीका भनेको यो व्यक्तिहरूको असंगठित भीड हो जसको एकमात्र सामान्य उद्देश्य भनेको अर्थव्यवस्थाको भावी मुडलाई नाप्ने हो अथवा आशावादी (Bull) र निराशावादी (Bear) बीचको शक्ति सन्तुलनलाई अन्दाज गरी कारोवार गर्नु हो ।

 यद्यपि यो महसुस गर्नु महत्त्वपूर्ण छ कि भीडले विभिन्न प्रकारका व्यक्तिहरू समावेश गर्दछ। प्रत्येक प्रतिस्पर्धा र विवादास्पद भावनाहरूको खतरामा आशावाद र निराशावाद, डर र लोभ यी सबै भावनाहरू एकै लगानीकर्तामा विभिन्न समयमा वा बहुल लगानीकर्ताहरूमा एकै समयमा हुन सक्छ । कुनै पनि ट्रेडिंगको निर्णय गर्दा प्राथमिक लक्ष्य बजारमा भीडको मनोविज्ञान मूल्यांकन गर्नु, भावनाहरूको अवस्था बुझ्नु हो ।

आशावादी सोचाइले मानिसलाई उन्मादको वस्तु प्राप्त गर्न उक्साउँछ, जबकि ऋणदाताहरूले ऋण लिन लोभ्याउछन् । यसबाट अन्ततः लगानीकर्ताहरू डराउँछन् । किनभने उनीहरूले सोच्न शुरू गर्छन् कि, बजार त्यति मजबूत छैन जस्तो उनीहरूले शुरूमा विश्वास गरेका थिए । अनि बजारमा उतार आउछ किनकि यो डर आतंक बिक्रीमा परिणत हुन्छ । यसले एउटा क्रुर चक्र सिर्जना गर्दछ जुन बजार उन्माद हुनुभन्दा पहिले तल झर्छ र यसलाई पुनः प्राप्त हुन धेरै वर्ष लाग्न सक्छ ।

बजार मनोविज्ञानले विश्वलाई यसरी वर्णन गर्दछ कि जहाँ सबै प्रकारका बजारका सरोकारवालाहरू तर्क संगत व्यवहार गर्छन् र बजारको भावनात्मक पक्षलाई ध्यानमा राख्दछन् । तर, कहिलेकहीं यसले एक अप्रत्याशित परिणाम निम्त्याउन सक्छ जहाँ आधारभूतहरूको अध्ययन गरेर भविष्यवाणी गर्न सकिँदैन । परम्परागत वित्तीय सिद्धान्त जसलाई कुशल मार्केट परिकल्पना पनि भनिन्छ त्यसले बजार मनोविज्ञानको लागि पर्याप्त लेखांकन दिदैन भनि आलोचना पनि गरिन्छ ।

हाम्रो समाचार मन परेमा बाँकी समाचारका लागि फेसबुक पेजमा लाइक र फलो गर्न यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया