NIMB Header 2
Nepal Life

नेटा भी र नेटा एक्समा दशैं अफर: नगद छुट, एक्सचेन्ज बोनस र निःशुल्क यात्रा

Muktinath Bank
  • BFIS News
  • 2024 Sep 30 21:35
नेटा भी र नेटा एक्समा दशैं अफर: नगद छुट, एक्सचेन्ज बोनस र निःशुल्क यात्रा
Everest Bank

काठमाडौं । सिजि मोटर्सले यस वर्षको दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ। विद्युतीय गाडी किन्न चाहनेहरूका लागि यो अफर निकै फाइदाजनक हुने कम्पनीको दाबी छ ।

Shikhar
NIMB

यस अफरअन्तर्गत नेटा भी किन्दा, ग्राहकहरूले ५० हजार रुपैयाँसम्मको निश्चित नगद छुट पाउनेछन्, जसले गाडीको मूल्यमा ठूलो छूट ल्याउनेछ । साथै, आफ्नो पुरानो गाडी साटेर नयाँ नेटा भी किन्न चाहनेहरूका लागि थप ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनसको सुविधा पनि दिइएको छ । यति मात्र होइन, नेटा भी खरिद गर्ने हरेक ग्राहकले जोडीको लागि बाली जाने निःशुल्क यात्रा पनि उपहारमा पाउनेछन्। यस अफरले गाडी खरिदको आनन्दलाई झनै रमाइलो बनाउनेछ।

साथै नेटा एक्स खरिद गर्दा एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

नेटा भी विद्युतीय गाडी खोज्नेहरूका लागि राम्रो विकल्प हो । यसमा ४०।७ किलोवाट क्षमताको ब्याट्री छ, जसले पर्याप्त ऊर्जा प्रदान गर्दछ। ५० किलोवाट मोटरले गाडीको कार्यक्षमता सुधार गर्दछ। १२० एन एम टर्कले गतिशील ड्राइभिङ अनुभवलाई थप उत्कृष्ट बनाउँछ, जसले गाडीको गति र नियन्त्रणलाई सुधार गर्छ। नेटा भि ले २० मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्मको छिटो चार्ज सुविधा दिन्छ । यसले एकपटक चार्जमा १८० किमि टाढासम्मको यात्रा गर्न सक्ने क्षमता छ, र यसमा सिएटियल का लिथियम आइरन फस्फेट ब्याट्रीहरू छन्, जसको वारेन्टी ८ वर्ष वा १ लाख ५० हजार किमि सम्म छ।

नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किमिसम्म चल्न सक्छ । यसमा १८५ एम एम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ। सिएटियल का अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित, नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ५० हजार किमिको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालिकता सुनिश्चित गर्दछ। यी विशेषताहरू नेटा एक्सलाई बहुपरकारी र इको(फ्रेन्ड्ली एसयूभी खोज्नेहरूको लागि आकर्षक विकल्प बनाउने कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया