Nepal Life

बाढीपहिरोमा परी मृत्यु भएकालाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ राहत दिने सरकारको निर्णय

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Mon 22:19
बाढीपहिरोमा परी मृत्यु भएकालाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ राहत दिने सरकारको निर्णय
Sanima Reliance

काठमाडौँ । भारी वर्षापछिको बाढी पहिरो र डुबानमा परी मृत्यु भएकाको परिवारलाई सरकारले प्रति व्यक्ति दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले यस्तो निर्णय गरेको हो ।

NIMB

बेपत्ता भएका व्यक्तिहरू १० दिनसम्म पनि फेला नपरे उनीहरूलाई पनि मृतकसरहको राहत दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै, विभिन्न अस्पतालमा उपचाररत ९२ जना घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको छ

ती मन्त्रीका अनुसार सरकारले बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । जसअनुसार तीन दिनसम्म सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा झुकाएर शोक पुस्तिकामा हस्ताक्षर गरिनेछ ।

बैठकले बाढी पहिरो पीडितहरूका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा मन्त्रीहरूको एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गर्ने निर्णय गरेको छ ।

सबै क्षेत्रको क्षतिको विवरण आइनसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रीहरूलाई मंगलबार दिउँसोसम्ममा क्षतिको विवरण संकलन गरेर बुझाउन निर्देशन दिएका छन् ।

बैठकमा गृहमन्त्री रमेश लेखकले बाढीपहिरोमा परी अहिलेसम्म २०९ जनाको निधन भएकोसहित क्षतिको विवरणबारे जानकारी गराएका थिए ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया