NIMB Header 2
Nepal Life

रुरु जलविद्युतको साधारण सभा मिति तय, लाभांश प्रस्ताव पारित गरिने

National Life
  • BFIS News
  • 2024 Oct 01 08:31
रुरु जलविद्युतको साधारण सभा मिति तय,  लाभांश प्रस्ताव पारित गरिने
Sanima Reliance

काठमाडौं। रुरु जलविद्युतले साधारण सभाको मिति तय गरेको छ। कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १९ औं वार्षिक साधारण सभा डाकेको हो।

उक्त सभा कात्तिक ११ गते काठमाडौंको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सञ्चालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ।

Shikhar
NIMB

त्यस्तै कम्पनीको बोनस सेयर जारी गर्ने तथा हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी लाई आवश्यकता अनुसार वृद्धि गर्नुपर्ने भएको हुँदा प्रबन्धपत्र संशोधन गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे अनुसार प्रस्तावित बोनस सेयर जारी गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको १:०.८० अनुपातमा हकप्रद सेयर जारी गर्ने र नियमनकारी निकायहरुको निर्देशनमा प्रबन्धपत्र, नियमावलि लगायतका प्रस्तावित अन्य संशोधनहरुका सम्बन्धमा कुनै फेरबदल, सुझाव वा निर्देशन भएमा सोही अनुसार गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण समितिका संयोजकले प्रस्तुत गर्ने प्रतिवेदन माथि छलफल गरि पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८०/०८१ अवधिको वित्तिय विवरणमाथि छलफल गरी पारित गर्ने र लेखा परीक्षण समितिको सिफारिस अनुसार आव २०८०/०८१ को लागी लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया