NIMB Header 2
Nepal Life

बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या २१७ पुग्यो, अवरुद्ध राजमार्ग सञ्चालन प्रयास हुँदै

National Life
  • BFIS News
  • 2024 Oct 01 09:25
बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या २१७ पुग्यो, अवरुद्ध राजमार्ग सञ्चालन प्रयास हुँदै
Sanima Reliance

काठमाडौं। केही दिनअघि अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २१७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्। यस्तै १४३ जना घाइते भएका छन्।

Shikhar
NIMB

गृह मन्त्रालयका अनुसार बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित छन्। बाढी प्रभावितलाई  खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको छ भने घाइतेको निःशुल्क उपचार भइरहेको गृहले जानकारी दिएको छ।

यस्तै अवरुद्ध राजमार्ग मर्मत गरी यातायात सञ्चालन गर्न पनि प्रयास भइरहेको जनाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया