Nepal Life

६१ सेवाप्रदायकलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष वापतको रकम बुझाउन प्राधिकरणको ताकेता

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 09:55
६१ सेवाप्रदायकलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष वापतको रकम बुझाउन प्राधिकरणको ताकेता
Sanima Reliance

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले रोयल्टी वापतको रकम र ग्रामीण दूरसंचार विकास कोष वापतको रकम भुक्तानी गर्न ताकेता गरेको छ । प्राधिकरणले मंगलबार एक सूचना प्रकाशन गरी विभिन्न ६१ वटा कम्पनीलाई असोजभित्र सो रकम भुक्तानी गर्न ताकेता गरेको हो ।

NIMB

प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवर र सो विवरण अनुसार बुझाउनुपर्ने कुल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत रकम ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम छुट्याउनु पर्ने हुन्छ । यसअघि गत पुसभित्र उक्त रकम बुझाउन ताकेता गरेको भएपनि हालसम्मपनि दाखिला नगरेको प्राधिकरणले जनाएको छ ।

त्यसैले सेवाप्रदायक ६१ कम्पनीले आर्थिक वर्ष २०७९/८० मा आर्जन गरेको कूल आम्दानीको रोयल्टी र कोष वापतको रकम र वित्तीय विवरणसहित बुझाउन प्राधिकरणले निर्देशन दिएको हो।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया