राष्ट्रिय शोक घोषणा, तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने
- BFIS News
- 2024 Oct Tue 10:20
काठमाडौँ । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक घोषणा गर्दै तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
धनजनको क्षतिप्रति सरकारले दुःख प्रकट गर्दै राष्ट्रिय शोक घोषणा गरेको प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् । आजसम्म बाढी–पहिरो र डुबानमा परेर दुई सय १७ को मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् ।
प्रतिक्रिया