NIMB Header 2
Nepal Life

सडकमार्ग सञ्चालनमा नआएसम्म अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनी सहमत

Prabhu Mahalaxmi
  • BFIS News
  • 2024 Oct 01 15:22
सडकमार्ग सञ्चालनमा नआएसम्म अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनी सहमत
United Ajod

काठमाडौं। सडकमार्ग सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको पहलमा वायुसेवा सञ्चालक समितिले असोज १३ गते जारी गरिएको प्रेस विज्ञप्तिलाई कडाईका साथ कार्यान्वयन गर्ने र सडक सञ्जालन सञ्चालनमा नआएसम्म महँगो भाडादरमा टिकट बिक्री नगर्ने भएका हुन्।

Nepal Life
NIMB

यसअघि तीन दिनका लागि मात्र कम भाडादरमा टिकट बिक्री गर्न सहमत भएका हवाई कम्पनीहरूले अहिले सडक यातायात पूर्ण रूपमा सञ्चालन नभएसम्म कम भाडादरमै टिकट बिक्री गर्ने भएका हुन्।

वायु सेवा सञ्चालक समितिले प्रेस विज्ञप्ति जारी गर्दै बाढी पहिरो पश्चात सडक सञ्जाल समेत सञ्चालनमा नआउँदासम्म सरकारले तोके बमोजिम लिँदै आएको उच्चतम भाडादरमा हवाइ टिकट नबेच्न निर्देशन दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया