NIMB Header 2
Prabhu Mahalaxmi

राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो पीडितको सहायताकालागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान

United Ajod
  • BFIS News
  • 2024 Oct 01 18:43
राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो पीडितको सहायताकालागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
IME LIFE

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले हालै भएको लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।

Nepal Life
NIMB

बैंक सञ्चालक समिति अध्यक्ष दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मङ्गलबार एक कार्यक्रमका बीच दुई करोड रुपैंयाको चेक रकम हस्तान्तरण गरेका छन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा दुई करोड रुपैंया मङ्गलबार ट्रान्सफर गरेको छ ।

बाढीपहिरोको कारण मृत्यु हुने नागरिकहरु प्रति बैंक हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै, बैंक बाढीपहिरोकोे कारण घाइते भएका नागरिकहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ ।

उक्त कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.युवराज खतिवडा, सहसचिव विनोद कुवँर, बैंक सञ्चालक समिति सदस्यहरु महेश भट्टराई, सुशिल घिमिरे, लक्ष्मण घिमिरे, प्रा.डा.रामप्रसाद ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, उपकार्यकारी अधिकृत पवन रेग्मी, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदीको उपस्थिति रहेको थियो । 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया