Nepal Life

बाढीपहिरोमा परी हालसम्म २२८ जनाको मृत्यु, २५ अझै बेपत्ता

NMB Bank
  • BFIS News
  • 2024 Oct 02 09:00
बाढीपहिरोमा परी हालसम्म २२८ जनाको मृत्यु, २५ अझै बेपत्ता
United Ajod

काठमाडौं। हालैको बाढीपहिरोमा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। अन्य एक सय ५८ जना घाइते भएका छन्।

Shikhar
Nepal Life
NIMB

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ। प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया