सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- BFIS News
- 2024 Oct Wed 11:47
काठमाडौं। सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। कम्पनीले गत आव २०८०/८१ का लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ५५ लाख २६ हजार ३१६ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १८ गते देखि कात्तिक ५ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज १७ गते अर्थात भोलि घटस्थापनाको सार्वजनिक बिदा परेको छ।
कम्पनीले कात्तिक ५ गते काठमाडौंको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे साधारण सभा बोलाएको छ।
प्रतिक्रिया