Nepal Life

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रामेन्द्र रायमाझी

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Thu 04:28
नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रामेन्द्र रायमाझी
Sanima Reliance

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघमा रामेन्द्र रायमाझी (एनआईसी एशिया क्यापिटल)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

NIMB

सोमवार काठमाडौंमा सम्पन्न संघको १५औं साधारणसभाले रायमाझीको अध्यक्षतामा छैटौं समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मनीषनारायण जोशी (नबिल इन्भेष्टमेन्ट बैंकिङ), महासचिवमा निर्मल भट्टराई (गरिमा क्यापिटल), कोषाध्यक्षमा शिभान्तराज पाण्डे (एनआइएमबी एस क्यापिटल) चुनिएका छन् । समितिको सदस्यमा सन्दिप कार्की (सिद्धार्थ क्यापिटल लिमिटेड), पुष्प शर्मा (नेपाल एसबिआई मर्चेन्ट बैंकिङ) र लेखनाथ पोख्रेल (कुमारी क्यापिटल) छन् ।

नयाँ कार्य समितिले नेपालमा मर्चेन्ट बैंकिङको भूमिकालाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएको छ । समितिको मुख्य ध्यान पूँजी बजारको पहुँचमा सुधार, दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन तथा नियामक निकायसँग सम्बन्ध बलियो बनाउन केन्द्रित रहने बताइएको छ । नव निर्वाचित समितिले वित्तीय क्षेत्रका सरोकारवाला र नियामक निकायसँग नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको सहकार्यलाई थप बलियो बनाउन लक्ष्य राखेको बताइएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया