Nepal Life

बंगलादेशमा ४० मेगावाट बिजुली निर्यातसम्बन्धी सम्झौतामा आज हस्ताक्षर हुँदै

NMB Bank
  • BFIS News
  • 2024 Oct 03 09:00
बंगलादेशमा ४० मेगावाट बिजुली निर्यातसम्बन्धी सम्झौतामा आज हस्ताक्षर हुँदै
National Life

काठमाडौं। बंगलादेशमा ४० मेगावाट बिजुली निर्यातसम्बन्धी सम्झौतामा आज हस्ताक्षर हुने भएको छ। बंगलादेशले नेपालको बिजुली भारतको बाटो हुँदै लैजाने भएकाले त्रिपक्षीय सम्झौतामा आज हस्ताक्षर हुन लागेको हो।

दिउँसो चार बजे होटल याक एण्ड यतीमा नेपाल र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा विद्युत व्यापारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुनेछ।

Shikhar
NIMB

सम्झौतामा नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय नोडज एजेन्सी एनटिपीसी विद्युत् व्यापार निगमबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर हुनेछ। नेपालले विद्युत् बिक्री गर्ने, भारत भएर प्रसारण लाइन लैजानुपर्ने र बङ्गलादेशले त्यो खरिद गर्ने भएकाले तीन देशका निकायबिच त्रिपक्षीय सम्झौता हुन लागेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रेणु नाराङ र बीपीडीबीका अध्यक्ष मोहमद रिजाउल करिमले सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

प्राधिकरणले वर्षायामका ५ महिना अर्थात् हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने समझदारी छ, जसअनुसार ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ। प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश निर्यात हुनेछ।

 

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया