NIMB Header 2
Nepal Life

वायुसेवा सञ्चालक संघ भन्छ - महँगो दरमा टिकट बेचिएको छैन, अभद्र व्यवहार गर्नेलाई कारबाही होस्

Prabhu Mahalaxmi
  • BFIS News
  • 2024 Oct 03 09:13
वायुसेवा सञ्चालक संघ भन्छ - महँगो दरमा टिकट बेचिएको छैन, अभद्र व्यवहार गर्नेलाई कारबाही होस्
United Ajod

काठमाडौं। वायुसेवा सञ्चालक संघले महँगो दरमा टिकट बेचिएको भन्दै त्रिभुवन विमानस्थलको काउन्टर तथा कार्यालयमा गई अनर्गल प्रचारप्रसार तथा कर्मचारीमाथि अभद्र व्यवहार गरिएको घटनाको भर्त्सना गरेको छ।

संघले बुधबार विज्ञप्ति जारी गरी सरकारले तोकेको दरमै हवाई टिकट बिक्री गरिरहेको अवस्थामा पनि महँगो दरमा बेचिएको भन्दै हुलहुज्ज गरिएको भन्दै घटनामा संलग्नको पहिचान गरी कानुनी कारबाही गर्न समेत माग गरेको छ।

Nepal Life
NIMB

‘हवाई सेवा संवेदनशील भएकाले यस खालका गतिविधिले हवाई सुरक्षामा प्रतिकूल असर पार्ने हुँदा सम्बन्धित सबै निकाय चनाखो भई यस प्रकारका घटना निरूत्साहित गरिदिन माग गर्छ,’ विज्ञप्तिमा भनिएको छ।

विगत केही दिनदेखिको अविरल वर्षाका कारण देशभरि बाढीपहिरो जानुका साथै सडक तथा सञ्चार सञ्जाल पूर्णविच्छेद भएका बेला यात्रु सेवामा अहोरात्र खटिइरहेको वायुसेवा कम्पनीका कर्मचारीमाथि यस्ता घटना हुनु निन्दनीय रहेको संघको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘उडान कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति दिन नसके सुरक्षाका कारण सबै नियमित उडान बाध्य भई स्थगन गर्नुपर्ने अवस्था सिर्जना हुने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ।’

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया