रसुवामा बाढीपहिरोले पुर्याएको क्षतिको पुनर्निर्माणमा ४ अर्ब डलर लाग्ने प्रारम्भिक अनुमान
- BFIS News
- 2026 Sep 10 18:55
काठमाडौं । रसुवामा बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि करिब ४ अर्ब अमेरिकी डलर खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय योजना आयोगका सदस्य तथा पूर्वाधार विज्ञ अर्जुनजंग थापाका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनका आधारमा उक्त लागत अनुमान गरिएको हो।
क्षतिको यथार्थ विवरण संकलन गर्न प्राधिकरणको नेतृत्वमा संयुक्त सचिवको संयोजकत्वमा टोली प्रभावित क्षेत्रमा पुगेको थियो। टोलीले बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन गरेको थियो।
प्रारम्भिक अनुमानमा कृषि क्षेत्रदेखि विद्यालय, कलेज, जलविद्युत् आयोजना, सडक तथा अन्य भौतिक पूर्वाधारमा भएको क्षतिलाई समेटिएको थापाले बताए। बाढीपहिरोले पुर्याएको क्षतिको पुनर्निर्माणका लागि आवश्यक पर्ने समग्र लागतलाई आधार बनाएर प्रारम्भिक अध्ययन गरिएको हो।
थापाका अनुसार टोलीले प्रारम्भिक निष्कर्षसमेत प्रस्तुत गरिसकेको छ। अहिले थप विवरण समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिने काम भइरहेको छ।
विस्तृत प्रतिवेदन केही दिनभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ। प्राधिकरणले पत्रकार सम्मेलनमार्फत वा आफ्नो वेबसाइटबाट प्रतिवेदन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)


.jpg)


.jpg)

प्रतिक्रिया