Nepal Life

जुम्लामा एनसेलको फोरजी

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 21:18
जुम्लामा एनसेलको फोरजी
Sanima Reliance

काठमाडौँ । दूरसञ्चार सेवाप्रदायक एनसेल आजियाटाले जुम्लामा फोरजी सेवा सुरु गरेको छ । जिल्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक/एक गरी तीन वटा नयाँ टावर जडान गर्दै फोरजी सेवा सुरु भएको कम्पनीले घोषणा गरेको हो । यसअघि कम्पनीले भिस्याट प्रविधिबाट जुम्लामा आधारभूत मोबाइल सेवा उपलब्ध गराउँदै आएको थियो ।

NIMB

जुम्लामा फोरजीको विस्तारसँगै कम्पनीको फोरजी सेवाको पहुँच जनसङ्ख्याको ९१.३९ प्रतिशतमा पुगेको दाबी छ । गत आर्थिक वर्षमा देशैभर स्थापना गरिएका नयाँ टावरहरूले फोरजी सेवामा पहुँच वृद्धि र सेवा विस्तारमा योगदान दिएको कम्पनीले जनाएको छ । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कयुमोभले विकट जिल्ला जुम्लाका जनताका लागि फोरजी सेवा उपलब्ध गराउन पाएकामा खुसी रहेको प्रतिक्रिया दिएका छन् । फोरजी प्रविधिले गुणस्तरीय भ्वाइसका साथै उच्च गतिको मोबाइल ब्रोडब्यान्ड दुवै सेवा उपलब्ध गराउने भएकाले कम्पनीले यसलाई विस्तार गरिरहेको उनको भनाइ छ । 

एनसेलले २०७४ जेठमा काठमाडौँ उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । आव २०७९/८० मा मात्रै एनसेलले देशका विभिन्न भागमा ३३८ नयाँ साइट स्थापना गरेको थियो । त्यसै गरी एनसेलले ६० भन्दा बढी जिल्लाका झन्डै एक हजार ४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ ।

फोरजी प्रविधि अन्तर्गत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसन प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठुला फाइलहरू आदानप्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्री सजिलै हेर्नलगायतका काम गर्न सक्छन् । देशभर एनसेलका चार हजारभन्दा बढी फोरजी टावर सञ्चालनमा छन् ।   

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया