NIMB Header 2
Nepal Life

एनएलजी इन्स्योरेन्सले संशोधित हकप्रद शेयर पारितका लागि डाक्यो विशेष साधारणसभा

Muktinath Bank
  • BFIS News
  • 2024 Oct 04 06:48
एनएलजी इन्स्योरेन्सले संशोधित हकप्रद शेयर पारितका लागि डाक्यो विशेष साधारणसभा
National Life

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशनको अनुमति पश्चात संशोधित हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारणसभा डाकेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको प्रकृयाँ अगाडी बढाए पछि वितरण भएको बोनस शेयरका कारण अनुपातमा परिवर्तन भए पछि विशेष साधारणसभा नै डाकेको हो । जवकी कम्पनीले निष्काशन गर्ने हकप्रदको कित्तामा कुनै परिवर्तन छैन । 

NIMB

कम्पनीले आगामी कार्तिक ७ गते विशेष साधारणसभा आह्वान गरेको छ । उक्त साधारणसभामा असोज २१ गतेसम्म कायम शेयरधनीले मात्रै भाग लिन पाउने छन् । विशेष साधारणसभा प्रयोजनका लागि असोज २२ गते एक दिन बुक क्लोज हुने जनाएको छ । 

कम्पनीको २०८० साल साउन १५ गतेको विशेष साधारणसभाले तत्काल कायम रहेको चुक्ता पूँजी एक अर्ब ४५ करोडको ६६ प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख बराबरको हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । तर कम्पनीको २०८० साल फागुन ३ गते सम्पन्न भएको १८ औं वार्षिक साधारणसभाले तत्कालन कायम रहेको चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर पारित गरे सँगै चुक्ता पूँजी एक अर्ब ५३ करोड पुगेको थियो । नेपाल धितोपत्र बोर्ड तथा विविध कारणले गर्दा कम्पनीको हकप्रद शेयर निष्काशन प्रकृयाँ लम्बियो । यस अवधिमा कम्पनीले विशेष साधारणसभाले हकप्रद शेयर पारित गर्दा कायम रहेको चुक्ता पूँजीमा परिवर्तन भए सँगै कम्पनीको हकप्रद शेयर निष्काशनको अनुपातमा पनि परिवर्तन भएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशनको अनुमति प्राप्त गरेको रकम बराबरकै हकप्रद शेयर जारी गर्दा अनुपात घट्न पुग्दा अन्तत विशेष साधारणसभा बोलाएर पारित गर्ने तहमा पुगेको हो । यद्यपी कम्पनीले धितोपत्र बोर्डले हकप्रद शेयर जारी गर्ने अनुमति पाइसकेको हुँदा सोहि बराबरको हकप्रद शेयर जारी गर्ने तयारीमा कम्पनी छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया