NIMB Header 2
Nepal Life

लाभांशको प्रस्तावसहित अरुण भ्याली हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

National Life
  • BFIS News
  • 2024 Oct 04 08:31
लाभांशको प्रस्तावसहित अरुण भ्याली हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले?
Sanima Reliance

काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्टले साधारण सभा बोलाएको छ । असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कार्तिक १४ गते बुधबारका दिन २७ औं वार्षिक साधारण सभा काठमाडौंको गौशालमा रहेको होटल क्रिस्टल पशुपतीमा बस्ने गरी बोलाएको हो। सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

Shikhar
NIMB

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/८१ सम्मको सेयर प्रिमियम, सञ्चितिबाट हाल कायम रहेको चुक्तापूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर र ०.१५७ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।  

यस्तै बोनस सेयरपश्चात कम्पनीको जारी र चुक्तापूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीका आवश्यक दफाहरु संशोधन गर्ने, लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तिय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने, कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गरि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृती लिने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्नुपरेमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ।  

यस्तै सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरूमा छलफल गरी पारित गर्ने र आव २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया