Nepal Life

सुनले आज पनि बनायो उच्च मूल्यको रेकर्ड, कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 Oct 04 12:19
सुनले आज पनि बनायो उच्च मूल्यको रेकर्ड, कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं। नेपाली बजारमा आज पनि सुनले उच्च मूल्यले नयाँ रेकर्ड बनाएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

आज सुन प्रतितोला एक लाख ६१ हजार तीन सय रूपैयाँ पुगेको छ। यसअघि गत असोज ११ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो।

Shikhar
Nepal Life
NIMB

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला चार सय रूपैयाँ बढेको हो।

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया