Nepal Life

नेपाल वेयर हाउजिङले माग्यो कम्पनीलाई नाफामा ल्याउन सक्ने प्रमुख कार्यकारी अधिकृत

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sun 06:49
नेपाल वेयर हाउजिङले माग्यो कम्पनीलाई नाफामा ल्याउन सक्ने प्रमुख कार्यकारी अधिकृत
Shikhar detail

काठमाडौं । नेपाल वेयर हाउजिङले प्रमुख कार्यकारी अधिकृतको विज्ञापन गरेको छ । आइपिओ निष्काशन पछि हकप्रद शेयर निष्काशनको आह्वान गरेको कम्पनीको वित्तीय अवस्था निकै नाजुक अवस्थामा छ ।

NIMB

कम्पनीले आफ्नो वित्तीय अवस्थालाई सुधार गर्न उच्च व्यवस्थापन तहमा रणनीतिक र योग्य कर्मचारी नियुक्ति गरिरहेको छ । यस भन्दा अगाडी कमोडिटी एक्सचेन्जको क्षेत्रमा एक दशक भन्दा लामो अनुभव भएका नरेन्द्र भट्टलाई नियुक्त गरेको थियो ।

कम्पनीले सञ्चालन गर्दै आइरहेका स्टोरेज प्लान्ट कुनै पनि नाफामा छैनन् । उच्च व्यवस्थापन नराखी आफ्नो हिसावले मात्रै कम्पनी सञ्चालन गर्दै आइरहेका लगानीकर्ताले आइपिओ निष्काशन सँग कम्पनीको विवरण पब्लिक हुने भएकाले उच्च व्यवस्थापन तहको संरचना निर्माण गरिरहेको छ ।

कम्पनीले आह्वान गरेको प्रमुख कार्यकारी अधिकृतको न्युनतम योग्यता व्यवस्थापन विषयमा स्नातकोत्तर गरेको हुनु पर्छ । साथै व्यवस्थापन क्षेत्रमा १५ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ । जस मध्ये ५ वर्ष वेयर हाउजिङकै क्षेत्रमा काम गरेको अनुभव हुनु पर्नेछ । समग्र अनुभवमा न्युनतम ५ वर्ष उच्च व्यवस्थापन तहमा रहेर काम गरेको हुनु पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नै खुलाएर विज्ञापन आह्वान गरेको छ । जसमा रणनीतिक रुपमा नेतृत्व गर्नु पर्नेछ साथै कम्पनीलाई निश्चित लक्ष्य निर्धारित गर्दै अगाडी बढाउनु पर्नेछ । कम्पनी अहिले नोक्सानमा रहेका कारणले सिइओमा आउन खोज्ने व्यक्तिले मुनाफामा ल्याउने योजना समेत पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले सञ्चालन गर्दै आइरहेका प्लान्टलाई मार्केटिङ गरेर धेरै भन्दा धेरै स्टोरेज गराउन सक्ने हो भने मात्रै मुनाफामा लैजान सक्ने अवस्था छ । यसका लागि मार्केटिङ गर्न सक्ने सिइओको आवश्यकता कम्पनीलाई छ । अर्को तर्फ कम्पनीले आम्दानीका अन्य स्रोतहरुको पनि पहिचाहन गरेर अगाडी बढ्ने पर्ने बाध्यता छ । यसले गर्दा पनि कम्पनीले रणनीतिक सिइओको खोजि गरेको हो । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया