Nepal Life

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Oct 06 11:53
प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त
United Ajod

काठमाडौं। प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त भएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिए।

Shikhar
Nepal Life
NIMB

अघिल्ला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

राउतले आज दिउँसो १ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनेछन्।

राउत १६ चैत, २०८२ सम्म प्रधानन्यायाधीश हुनेछन्। १७ साउन २०७३ देखि सर्वोच्च अदालतमा न्यायाधीश रहेका थिए।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया