Nepal Life

नेपाल लाइफद्वारा “हामीलाई त बडा दशैं लाग्यो है!” नामक टिकटक प्रतिस्पर्धाको आयोजना

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sun 14:35
नेपाल लाइफद्वारा “हामीलाई त बडा दशैं लाग्यो है!” नामक टिकटक प्रतिस्पर्धाको आयोजना
Sanima Reliance

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । बडा दशैंको उत्साहमा अझै उमङ्ग थप्न नेपाल लाइफ इन्स्योरेन्सले हामीलाई त बडा दशैं लाग्यो है! नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो ।

NIMB

हामीलाई त बडा दशैं लाग्यो है! नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । नेपाल लाइफबाट उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्ने मध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरुलाई क्रमश रु. ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिको आधारमा तय हुनेछ भने यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यहि मिति २०८१ असोज १७ गतेदेखि कार्तिक २४ गतेसम्म सहभागी हुन सक्नुहुनेछ ।

दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । सबैको लागि यो बडा दशैं रमाइलो रहोस् भन्ने कामना सहित यो मनोरञ्जनात्मक कार्यक्रममा आफ्नो रचनात्मक प्रस्तुति देखाएर उपहार जित्नको लागि नेपाल लाइफ सबैलाई आह्वान गर्दछ ।

यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बडा दशैं २०८१ को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् । कम्पनीले सञ्चालनमा ल्याएको टिकटक प्रतियोगितामा सहभागिता जनाई आफ्नो रचनात्मक प्रस्तुति गरी कम्पनीद्वारा निर्धारण गरिएको पुरस्कारबाट सम्मानित हुन सबैमा आग्रह गरिएको छ ।  कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्ने कुरा उनले बताए । यसका साथसाथै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बडा दशैं २०८१, तिहार, नेपाल सम्वत ११४५ र छठ पर्वको सबै सरोकारवालाहरूमा शुभकामना व्यक्त गरेका छन् ।

नेपाल लाइफको टिकटक लिङ्कका लागि यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया