Nepal Life

बाढीका कारण बीमा कम्पनीमा २ अर्ब ६७ करोडको दाबी पर्यो, ७ अर्ब नाघ्ने प्रक्षेपण

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sun 15:45
बाढीका कारण बीमा कम्पनीमा २ अर्ब ६७ करोडको दाबी पर्यो, ७ अर्ब नाघ्ने प्रक्षेपण
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरुमा अवरल वर्षा पछि आएको बाढीका कारण भएको क्षतिबाट अहिलेसम्म २ अर्ब ६७ करोड रुपैयाँको दाबी परेको छ । कम्पनीहरुमा ७०९ वटा पोलिसीबाट उक्त दाबी परेको हो । 

NIMB

बीमा कम्पनीहरुले प्रारम्भिक चरणमा गरेको निरीक्षणमा ७ अर्ब २८ करोडको दाबी पर्ने प्रक्षेपण गरेका थिए । बाढी प्रभावित क्षेत्रमा जारी भएका पोलिसी मध्ये २३३७ वटा पोलिसीहरुमा दाबी पर्ने अनुमान गरिएको थियो । बीमितले दाबी गर्ने समय अझै बाँकी रहेको हुँदा अझै बढ्नेछ । कम्पनीहरुले यस पटक ६/७ अर्बको भुक्तानी गर्नु पर्ने प्रक्षेपण गरेका छन् । 

अहिलेसम्ममा सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीमा २१३ वटा दाबी परेको छ । जसबाट ८९ करोड ८४ लाख रुपैयाँको दाबी माग गरिएको छ । त्यस्तै युनाइटेड अजोडमा १७० वटा दाबी परेको छ । उक्त दाबी बापत ७ करोड ४४ लाखको माग गरिएको छ । कतिपय कम्पनीले दाबी भुक्तानीको विवरण बुझाएका छैनन् । यसले गर्दा पनि यस्तो रकममा धेरै बृद्धि हुनेछ । 

बीमा कम्पनीहरुले बाढी ग्रस्थ क्षेत्रमा सर्भेयरलाई खटाइसकेका छन् । दाबी भुक्तानीका लागि बीमितले सबैभन्दा पहिला दाबीका लागि निवेदन दिनु पर्छ । त्यस पछि कम्पनीले सर्भेयर खटाउछ । सर्भेयरले क्षतिको मूल्याङ्कन गरेर कम्पनीमा बुझाउछन् । सर्भेयरको सर्वेक्षण चित्त बुझ्यो भने बीमितले दाबी भुक्तानीका लागि प्रकृयाँ अगाडी बढाउन सक्छन् । यदि चित्त नबुझेमा आफैले अर्को सर्भेयर खटाउन सक्ने व्यवस्था छ । यसका लागि कम्पनी सँग समन्वय गर्नु पर्छ । 

कुन कम्पनीमा दाबीको प्रक्षेपण र दाबी निवेदन कति 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया