NIMB Header 2
Nepal Life

युनिलिभर नेपालले डाक्यो साधारण सभा, अहिलेसम्मकै सर्वाधिक लाभांश पारित गर्दै

Prabhu Mahalaxmi
  • BFIS News
  • 2024 Oct 07 10:44
युनिलिभर नेपालले डाक्यो साधारण सभा, अहिलेसम्मकै सर्वाधिक लाभांश पारित गर्दै
United Ajod

काठमाडौं । युनिलिभर नेपालले अहिलेसम्मकै सर्वाधिक लाभांश पारित गर्ने प्रस्ताव सहित वार्षिक साधारणसभा डाकेको छ ।कम्पनीले कात्तिक १२ गते, सोमबार, द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा दिउँसो साढे ४ बजे शुरु हुनेछ।

Nepal Life
NIMB

सभाले प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानको लागि प्रस्ताव पारित गर्नेछ। सभाले लेखापरीक्षकको नियुक्ति पनि गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया