सिबिफिनको कार्यवाहक अध्यक्षमा वरिष्ठ उपाध्यक्ष राजेश उपाध्याय
- BFIS News
- 2026 Sep 11 14:27
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पाएका छन्।
सिबिफिनको भदौ २५ गते बसेको कार्यसमिति बैठकले आगामी वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।
सिबिफिनका निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समिति अध्यक्ष पदबाट राजीनामा दिएपछि परिसंघको अध्यक्ष पद रिक्त भएको थियो। त्यसपछि बसेको कार्यसमिति बैठकले उपाध्यायलाई सर्वसम्मत रूपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।
उपाध्याय महालक्ष्मी विकास बैंकका अध्यक्षसमेत हुन्। उनी बैंकिङ, बीमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि सक्रिय छन्। सिबिफिन स्थापनाकालदेखि नै कार्यसमितिमा विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका उपाध्यायले संस्थागत विकासका गतिविधिमा समेत संलग्न हुँदै आएका छन्।
सिबिफिनले आगामी दिनमा बैंकिङ क्षेत्रसँग सम्बन्धित नीतिगत तथा व्यावहारिक विषयमा आफ्नो भूमिका प्रभावकारी बनाउने जनाएको छ। वित्तीय क्षेत्रले सामना गरिरहेका चुनौती, नीतिगत विषय तथा क्षेत्रको स्थायित्व र दिगो विकाससँग सम्बन्धित मुद्दामा संस्थाले निरन्तर काम गर्ने बताइएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)


.jpg)


.jpg)


प्रतिक्रिया