Nepal Life

त्रिशुली वस दुर्घटनामा देउवाको गरे दुःख व्यक्त, कार्यदल गठन गरि अध्ययन गर्न आग्रह

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 17:30
त्रिशुली वस दुर्घटनामा देउवाको गरे दुःख व्यक्त, कार्यदल गठन गरि अध्ययन गर्न आग्रह
Sanima Reliance

काठमाडौं । नेपाली काङ्गेसका समापती शेर बहादुर देउवाले गजुरीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु, केहि वेपत्ता र केहि यात्रुको गम्भिर घइते भएको घटना प्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३—०१—००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका—२ चालिसे भन्ने स्थानबाट त्रिशुली नदीमा खस्दा ८ को मृत्यु, केही वेपत्ता र केही यात्रु गम्भीर घाइते भएको घटनाप्रति सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका हुन् । 

सभापति देउवाले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । साथै, वेपत्ता भएकाहरुको खोजी कार्यलाई तीव्र पार्न र घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् । पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न गराउन सरकारको ध्यानाकृष्ट समेत गरेका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया