Nepal Life

जय अम्बे स्टील्सले प्रिमियममा आइपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा एनआइएमबी एस क्यापिटल नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 12:47
जय अम्बे स्टील्सले प्रिमियममा आइपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा एनआइएमबी एस क्यापिटल नियुक्त
Shikhar detail

काठमाडौँ । नेपालको सबैभन्दा आधुनिक स्टील उद्योग जय अम्बे स्टील्स लिमिटेडले आइपिओ निष्काशनका लागि एनआइएमबी एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रक्रिया अगाडी बढाएको हो । 

NIMB

अम्बे ग्रुप नेपालकै सबैभन्दा ठूला व्यवसायिक समूहहरुमध्ये एक हो जसको वार्षिक कारोबार ४००० करोड भन्दा बढी रहेको छ । जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो । शोभाकर (हरी) न्यौपानेको अध्यक्षतामा रहेको अम्बे ग्रुपको स्वामित्वमा रहि २०७६ मा स्थापना भएको यस जय अम्बे स्टील्स लिमिटेडको उत्पादन क्षमता १,००० टन प्रतिदिन रहेको छ ।

“अम्बे” ब्रान्ड अन्तर्गत, क्षेत्रको ८०% बजारलाई आपूर्ति गरी यो पश्चिम नेपालको सबैभन्दा ठूलो स्टील उद्योग रहेको यस कम्पनीको उद्योग स्थल बाँके जिल्ला, नेपालगंजमा रहेको र उद्योगले वर्तमान अवस्थामा इन्डक्सन फर्नेसबाट टीएमटी स्टिल, एम.एस बिलेट, एम.एस फ्लाट, एम.एस स्क्यावर, तोरकारी, ग्याबियन बक्स आदि उत्पादन गरिरहेको छ ।

जय अम्बे स्टील्सले ग्राहकको आवश्यकता पूरा गर्न गुणस्तरीय र भरपर्दो निर्माण समाग्री उपलब्ध गराइरहेको छ र यस कम्पनीले नेपालको निर्माण क्षेत्रको सुदृढीकरणमा मुहत्वपूर्ण योगदान पु¥याएको छ भने स्टील आयातको आवश्यकतालाई पनि कम गरेको छ । कम्पनीले आफ्नो उत्पादनको विस्तार तथा क्षमता बढाउन पब्लिक डेब्ट मार्केटबाट पुँजी जुटाउने योजना बनाएको छ ।

उक्त सार्वजनिक निष्काशन प्रक्रियाका लागि निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकका आधिकारीक व्यक्तिहरुको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया