प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर सहित हकप्रदको प्रस्ताव पारित
- BFIS News
- 2024 Oct Wed 15:43
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र ७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्दै ७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कम्पनीले काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा साधारणसभा आयोजना गरेको थियो । सधारणसभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गरेको हो । त्यसैगरी हकप्रद शेयर संशोधन गरी बोनस शेयर वितरणपश्चात कायम पूँजीको ७ प्रतिशत हकप्रद निष्काशन गर्ने एजेण्डा पनि पारित भएको छ ।
सभाका लागि प्रस्तावित अन्य एजेण्डाहरू प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित भएको कम्पनीले जनाएको छ ।
सभा प्रयोजनार्थ कम्पनीले असोज १६ गते एक दिन बुक क्लोज गरेको थियो । यसका आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
कम्पनीले साविक प्रभु महालक्ष्मी लाइफ तथा प्रभु लाइफ दुबैको लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । यस सँगै अव कम्पनीको मर्जरको सबै प्रकृयाँ टुङ्गिएको छ । अव हुने वार्षिक साधारणसभा मर्जर पछि बनेको प्रभु महालक्ष्मी लाइफको सोलो हुनेछ । मर्जर पछि कम्पनीले नपुग पूँजीका लागि ७ प्रतिशत पूँजी पनि यदि बीमा प्राधिकरणले मान्ने हो भने गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले बोनस शेयर दिने जुटाउन सक्ने समर्थ्य तयार पारिसकेको छ ।
प्रतिक्रिया